न्याय माग्न काठमाडौँ पुगेका मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज
टुडेपाटी–
काठमाडौं, भदौ २७ गते ।
न्याय खोज्दै काठमाडौं पुगेका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले लाठी चार्ज गरेका छद्धन् । न्याय माग्दै आन्दोलनमा रहेकोमा पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं गएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।
उनीहरूले र्यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनमा सहभागी ५०–६० जनालाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।
Sponsored