सप्तरी–२ बाट उपेन्द्र यादवको एकल नाम सिफारिस
टुडेपाटी–
जनकपुरधाम, भदौ २६ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट सिफारिस भएका हुन् ।
उक्त पार्टीले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेशसभा तर्फ २ (क) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरेको छ ।
शैलेन्द्र साह अघिल्लो चुनावमा त्यहीबाट प्रदेशसभा सदस्यमा जितेका थिए ।
त्यस्तै सप्तरी–२ (ख) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा मनिष सुमन, दिनेश यादव, युसुफ अलि, किरण यादवको नाम सिफारिस गरिएको छ ।
Sponsored
मनिष सुमन यसअघिको चुनावमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जितेका हुन् ।
जसपा अध्यक्ष यादवको नाम सप्तरी–२ सहित अन्य आठ ठाउँबाट पनि नाम सिफारिस भएका छन् । उनी सप्तरी–२ बाट नै चुनाव लड्ने तयारीमा लागेका छन् । उनी यसअघि सप्तरी–२ बाट नै चुनाव जितेका हुन् ।