नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध नेविसंघको प्रदर्शन
टुडेपाटी-
काठमाडौं, भदौ २६ गते ।
दोस्रोपटक दुवै सदनबाट पारित नागरिकता विधेयकमाथि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति गरिरहेको पाइएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघका सदस्यहरुले प्रदर्शन गरेका छन् ।
आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर सडकमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
त्यक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । विद्यार्थीको प्रदर्शनले केही बेर सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । दोस्रोपटक पनि राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ गएको विधेयकको आज पाँच दिन भइसक्दासमेत राष्ट्रपति भण्डारी विभिन्न निकायका अधिकारीसँगको परामर्शमै व्यस्त देखिन्छन् ।
Sponsored