अफ्ताब आलमको नाम कांग्रेस मधेश प्रदेश समिति सिफारिस गर्दै
टुडेपाटी–
काठमाडौं, भदौ २६ गते ।
जिउँदै मान्छेलाई ईँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा कारागारमा रहेका अफ्ताब आलमलाई नेपाली कांग्रेसको प्रदेश कमिटीले पनि नाम सिफारिस गर्ने तयारी गरेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो। क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए।
आलमको मुद्दा अहिले अदालतमा रहेको छ ।
प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको नाम पनि सिफारिस गर्ने भएको छ । क्षेत्रीय समितिले सिफारिस गरे पनि जिल्ला समितिले यादवको नाम काटेर प्रदेशमा पठाएको थियो।
यस्तै, सर्लाही ४ बाट अमरेशकुमार सिंहको नाम सिफारिसमा नपरेकाले उनको नाममा रायसहित केन्द्रमा नाम पठाउन लागिएको गुप्ताले जानकारी दिए।
Sponsored