TodayPati

सोमपाल कामी भए जनकपुर रोयल्स टिमका मार्की खेलाडी

टुडेपाटी–
काठमाडौँ, भदौ २५ गते ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिगमा सहभागी हुने ६ टोलीले मार्की खेलाडी घोषणा गरेका छन् ।

शनिबार क्यानले एक विज्ञप्ति जारी गर्दै ६ मार्की खेलाडी सार्वजनिक गरेको हो । यी ६ टोलीले ग्रेड ए का खेलाडीलाई मार्की बनाएका छन् ।

Sponsored

जनकपुर रोयल्सले तीव्र गतिका बलर सोमपाल कामीलाई मार्की खेलाडी बनाएको छ।

यस्तै पोखरा एभेन्जरर्सको मार्की खेलाडीमा मोहरम्मद आरिफ शेख छन् । पोखराले ए ग्रेडकै अर्का खेलाडी शरद भेषावकरलाई पनि लिएको छ।

लुम्बिनी अल स्टार्सले दीपेन्द्र सिंह ऐरी, काठमाडौँ कान्तिपुरले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडी घोषणा गरेका छन्।

Sponsored

यस्तै फार वेस्ट युनाइटेडले तीव्र गतिका बलर तथा अलराउन्डर करण केसीलाई मार्की खेलाडी बनाएको छ। राष्ट्रिय टोलीका उपकप्तान तथा ब्याटर रोहित पौडेल विराटनगर सुपर किंग्सको मार्की खेलाडी लिएको छ ।

यी सबै खेलाडीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ्न्। ए क्याटोगोरीमा बिक्री नभएका खेलाडी स्वतः बी क्याटोगोरीमा झरेका छन्।

लिगको ड्राफ्टमा ९२ खेलाडी छन् । नेपाल टी–२० लिगमा ६ फ्रेन्चाइज टोलीले स्पर्धा गर्नेछन् । आगामी असोज ८ गतेदेखि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा नेपाल टी–२० लिग हुँदैछ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *