सिरहा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम सिफारिस
टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सिरहा २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्रको सिरहा जिल्ला कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।
जस अनुसार सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ दशमीलाल चौधरी र आशानन्द यादवको नाम सिफारिस गरेको छ ।
त्यस्तै सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दास यादवको नाम सिफारिस गरिएको छ ।
सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट विश्वनाथ साहको नाम सिफारिस गरेको छ ।
Sponsored
त्यस्तै, सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट महेन्द्र पासवान र अजय शंकर नायकको नाम सिफारिस गरेको छ ।