TodayPati

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धनको तयारी

टुडेपाटी–
काठमाडौं, भदौ २३ गते ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको समय नजिकिदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धन गर्ने तयारी थालेका छन् ।

दुई दलबीच चुनावी गठबन्धनका लागि छलफल सुरु भएको हो । यद्यपी एमालेले मधेश प्रदेशमा मात्र चुनावी गठबन्धन गर्नेगरी छलफल भइरहेको बताएको छ ।

Sponsored

गठबन्धनलाई मूर्त बनाउन दुबै पार्टीका अध्यक्ष छलफलमा जुटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच संवाद सुरु भएको छ ।

गठबन्धन गरेर चुनावी मैदानमा जान सकारात्मक भए पनि गठबन्धनको मापदण्डको विषयमा भने छलफलले प्रवेश पाएको छैन ।

लोसपा नेता डा. सुरेन्द्र झाले लोसपाले राष्ट्रिय पार्टीहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको बताए ।

Sponsored

ठाकुरले गठबन्धनको विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको उनले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *