धनुषामा नेकपा एसलाई छाडेर सयौँ नेता तथा कार्यकर्ता एमालेमै फर्के
टुडेपाटी–
जनकपुरधाम, भदौ २३ गते ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको मिति नजिकिए सँगै धनुषामा नेकपा एकीकृत समाजवादी पार्टीका सयौँ नेता तथा कार्यकर्ता नेकपा एमालेमै फर्केका छन् ।
जनकनन्दिनी गाउँपालिका ३ मा शिवशंकर मण्डलको नेतृत्वमा अढाईसय जनाले नेकपा एसलाई छाडेर एमालेमा प्रवेश गरेको एमाले नेताले बताए ।
एमालेमा प्रवेश गरेका नव प्रवेशीहरुलाई एमालेका केन्द्रिय सदस्य प्रतिक्षा तिवारी तथा प्रदेश कमिटी सदस्य, विदेह नपाका मेयर एवं नगर इन्चार्ज समेत रहेका बेचन दास, प्रस्तावित उम्मेदवार लखन दासले सबैजनालाई फुलमाला लगाएर स्वागत गरेका छन् ।