न्यायोचित ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य सकिन्छ : उपेन्द्र यादव
टुडेपाटी–
पर्सा, भदौ २३ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिटको बाँडफाँट न्यायोचित तवरमा नभए गठबन्धनको औचित्य सकिने बताएका छन्।
पर्साको वीरगञ्जमा स्थापना भएको मधेश विश्वविद्यालय कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले सवै राजनीतिक दलहरुलाई न्यायोचित तवरले सिट बाँडफाँट नभए सत्ता गठबन्धनको कुनै अर्थ नहुने बताएका हुन् ।
तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ नरहने उनले भने ।
अध्यक्ष यादवले गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको बताए।
Sponsored