पर्साको ४ वटै क्षेत्रमा माओवादीले टुङ्यायो उम्मेदवारको नाम
टुडेपाटी-
पर्सा, भदौ २३ गते ।
नेकपा माओवादी केन्द्रले पर्साको चारवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको सिफारिस गरेको छ ।
पार्टीले जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सांसदका लागि र आठवटा प्रदेशसभा सांसदका लागि उम्मेदवार सिफारिस गरेको हो ।
माओवादी केन्द्र पर्साले विज्ञप्ति जारी गरी पर्साको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सांसदको लागि जफ्फर अन्सारी, २ बाट बालकृष्ण श्रेष्ठ, ३ बाट डा. सुभाष यादवको नाम पार्टीको मधेस प्रदेश समितिमा सिफारिस गरेको हो ।
यस्तै, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सांसदकाे उम्मेदवारका लागि टेक बहादुर शाक्य र इमदाद गदी गरी दुई जनाको नाम सिफारिस गरिएको माओवादी केन्द्र पर्साले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जिल्लामा रहेका आठवटा प्रदेश निर्वाचन क्षेत्रहरूमध्ये क्षेत्र नम्बर एक (क)बाट रहबर अन्सारी, पस्मिना कादरी र प्रभु यादवको नाम सिफारिस गरिएको माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतोले जानकारी दिए ।
Sponsored
यस्तै, एक (ख) बाट सुरेन्द्र गुप्ता, क्षेत्र नम्बर २(क) बाट अमिताभ बच्चन दास, ‘ख’ बाट प्रभाकर गुप्ता, क्षेत्र नम्बर ३ (क) बाट बालेश्वर थारु, ‘ख’ बाट छोटेलाल यादवको नाम सिफारिस गरिएको महतोले बताए ।
यसैगरी क्षेत्र नम्बर ४ (क) बाट वीरेन्द्रप्रसाद यादव र विजय महतो,‘ख’ बाट शेष चाँद तार र सन्तोष पटेलको नाम सिफारिस गरिएको उनको भनाइ छ ।