रौतहटमा सवारी दुर्घटनामा ७२ जनाको मृत्यु, यी हुन् दुर्घटनाका ६ कारण !
टुडेपाटी-
रौतहट, भदौ २३ गते ।
रौतहटमा सवारी दुर्घटना वर्षेनि वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा रौतहटमा ७ सय १३ सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जसमध्ये ७२ जनाको मृत्यु भएको छ भने १ सय ४३ गम्भीर तथा १ हजार २८ सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ५ सय ६४ सवारी साधन दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियाे भने १ सय २७ गम्भीर तथा ७ हजार १३ सामान्य घाइते भएका थिए ।
दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल, जिप, ट्याक्टर, ट्रक तथा बस रहेका छन् । बढ्दो सवारी चाप, तीव्र गति, यान्त्रिक गडबडी, साँघुरो तथा भत्किएको सडक, ट्राफिक नियमको पालना नगर्ने बानीले गर्दा सवारी दुर्घटना बढिरहेको चालकहरू बताउँछन् ।