TodayPati

भियतनामको एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको ज्यान गयो

टुडेपाटी-

जनकपुरधाम, भदौ २३ गते ।

भियतनाममा एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको ज्यान गएको छ । 

Sponsored

दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको र  कैयौं मानिस घाइते भएको अधिकारीहरुले बताएका छन् । 

त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् । 

आगलागी हुँदा बारमा ६० जना रहेको बताइएको छ । आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर काठको भित्री भागमा आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।  एजेन्सी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *