TodayPati

वीरगन्जको मेयरमा पराजित सरावगी प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

टुडेपाटी-
पर्सा, भदौ २१ गते ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित पूर्वमेयर विजय सरावगीलाई नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदको उम्मेदवारमा सिफारिस गरेको छ।

आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि एमालेले प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा सरावगीसहित चार जनाको नाम सिफारिस गरिएको एमाले पर्साका अध्यक्ष जयप्रकाश थारूले जानकारी दिए।

Sponsored

यस्तै बसरुदिन अन्सारी, निर्मला देवकोटा र प्रभु हजराको पनि नाम सिफारिस गरिएको उनले बताए। सिफारिस भएका हजरा एमाले पर्साका इन्चार्ज हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी महानगरको मेयरमा निर्वाचित भएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *