TodayPati

माओवादी केन्द्रले प्रतिनिधि र प्रदेशसभाका लागि धनुषामा क-कसलाई गरे सिफारिस ?

टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्रले २७ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा बसेको जिल्ला, प्रदेश र केन्द्रिय सदस्यहरुको संयुक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेका हुन् ।

Sponsored

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य समेत रहेका मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव दिपक, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम केन्द्रिय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवले जानकारी दिए ।

यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर २ का लागि योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ
प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नम्बर २(ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको हो ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखिलाल पासमान र युगेश्वर यादवको नाम सिफारिस  गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर ३(क) बाट अनिल पासमान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) बाट महेश यादवको नाम सिफारिस गरिएको हो।

Sponsored

त्यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ भने धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *