TodayPati

भदौ ३० देखि म्यादी प्रहरी भर्ना, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

टुडेपाटी–
काठमाडौं, भदौ २१ गते ।

आगामी मंसिरमा हुने निर्वाचनका लागि भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो ।

Sponsored

गृह मन्त्रालयले भर्ना प्रक्रियाका लागि म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ ।

भदौ ३० देखि असोज ६ गतेसम्म भर्ना लिइने उनले जानकारी दिए ।

Sponsored

छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने प्रवक्ता राईले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *