गगन थापा सप्तरी-१ बाट पनि सिफारिस
टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम सप्तरी-१ बाट पनि उम्मेदवारका लागि सिफारिस गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापा सिफारिस भएको हो ।
कांग्रेस क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।
महामन्त्री थापाको नाम सर्लाही-४ बाट पनि सिफारिस भइसकेको छ ।
Sponsored