TodayPati

सप्तरी १ बाट पनि गगन थापाको नाम सिफारिस

टुडेपाटी–
काठमाडौँ, भदौ २१ गते ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम सप्तरी १ बाट पनि सिफारिस भएको छ ।

कांग्रेस क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए ।

Sponsored

गुप्ताका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *