जनताको समस्या बुझ्न घरदैलोमा व्यस्त सप्तरीका युवा नेता यादव
शुभ नारायण यादव-
सप्तरी, भदौ २१ गते ।
संघ र प्रदेशको चुनाव नजिकदै गर्दा सम्भावित उम्मेदवारहरुले आफ्नो कार्य क्षेत्रमा घरदैलो,भेटघाट तथा छलफल कार्यमा लागेका छन् । यसै क्रममा नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले सप्तरी निर्वाचन क्षेत्र नं.२ (ख) मा पर्ने गाउँ,टोल,मुहल्ला,घर–घरमा आम मतदाता माझ पुगेर आफ्नो कुरा राख्ने तथा जनताको समस्या बुझ्ने कार्यको तीव्रता दिएका हुन् ।
उनले आफुलाई कम्तीमा एक पटक मौका दिएर जनताको सेवा गर्न आग्रह गरिरहेका छन् । राजविराज–६ खरसालमा आइतबार बिहान स्थानीयबासीसँग कुरा गर्दै यादवले अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले आफ्नो क्षेत्रमा उल्लेख्य काम गर्न नसेकेको प्रति असंतुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन चाहेकोले आफुले सो ग्यापलाई समाप्त पार्ने प्रतिबद्घता उनले जनाए ।
उनले समाजमा हरेक क्षेत्रमा विकासको कयापलट ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्रबाट सत्तारूढ गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिने जानकारी दिए ।
जिल्लाकै सदमुकाम राजविराज नगरपालिकाको अवस्था हालसम्म हरेक क्षेत्रमा विकास हुन नसकनुमा निर्वाचित जनप्रतिनिधिले कमिशनखोरीलाई आत्मसात गरेको कारण विकसित हुन नसकेको नेता यादवले बताए ।
राजविराजको अवस्था यस्तो छन् भने गाउँघरको अवस्था गए गुज्रेकोमा अहिले राजनितिलाई निर्वाचित जनप्रतिनिधिले ब्यापार सम्झेकोले त्यसलाई काउण्टर दिनको लागि आफनो उम्मेदवारी रहेको सुनाए । यादवले संसार अहिले ग्लोवजेशनको युगमा नगर,गाउँ,टोल तथा मुहल्लामा केही परिवर्तन नहुनु दुःखद रहेको बताउँदै राजविराज भारतको जयपुरको नक्सामा आधारित पुरानो देशकै पहिलो टाउन प्लानिङ्ग सिटि रहेकोमा कसैको ध्यान नपुग्नु आफुलाई दुख लागेको बताए ।
Sponsored
राजविराज नपा–९ स्थित रहेको राधाकृष्ण मन्दिरको प्राङ्गणमा नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशकासदस्य तथा निर्वाचन क्षेत्र नं.२ (ख)को गत २०७४ को निर्वाचनमा निकटतम प्रतिद्वन्दीसमेत रहेका युवा नेता महेशप्रसाद यादव,रामगमन साह,भुपेन्द्र प्रसाद यादव,पुर्व प्रअ मो.हुसेन,पार्टीका ९ वडाका सुग्मर यादव,झौली नोनिया,सुरेन्द्र मण्डल,रामअवतार यादव,रामदेव यादव,गुलाव दास, मो.इसराइल, मो.रोजित,रामकिसुन माली,युक्ति साह,रामेश्वर मेहता,रामअसिस यादव,लुकीराम नौनिया लगायत नेता,कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।