पर्सा-४ बाट प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका रिजाल सिफारिस
टुडेपाटी-
पर्सा, भदौ २० गते ।
आगामी मंसिरमा हुने निर्वाचनका लागि पर्साबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि केन्द्रीय सदस्य रमेश रिजालको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
क्षेत्रीय समितिको भेलाले नेपाली कांग्रेसले पर्सा क्षेत्र नं ४ बाट रिजालको एकल नाम सिफारिस गरेको हो ।
०७४ सालको निर्वाचनमा रिजाल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए । २० हजार ७३८ मत ल्याएर कर्ण प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा रिजालले १४ हजार ७०२ मत ल्याएर दोस्रो भएका थिए ।
रिजाल पर्सा क्षेत्र नं ४ बाट ०४८ सालदेखि नै प्रत्यक्ष निर्वाचन लडिरहेका छन् । विद्यार्थीकालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीति सुरु गरेका रिजाल ०४८ सालमा विजयी भए ।
वि.स. ०५२ सालमा पनि विजयी भएका उनी ०५६ सालको निर्वाचनमा भने पराजित भए । ०६४ सालमा पुनः विजयी भएका उनी त्यसपछि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भए ।
Sponsored
प्रदेश सभा सदस्यतर्फ ४ को (क)का लागि शंकर चौधरी र (ख) का लागि किशोरप्रसाद जयसवालको नाम सिफारिस भएको छ ।