मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्ड समातिए
टुडेपाटी–
काठमाडौं, भदौ १९ गते ।
सुरक्षागार्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भनेपछि पक्राउ परेका छन् ।
ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर प्रहरीले मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्रेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा ‘गरूड सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरूङ छन् ।
उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको बोहोराले बताए ।
Sponsored
स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृतसहित गएका श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा कुँवरले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए ।
तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए ।