मधेशका मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस
टुडेपाटी–
वीरगञ्ज, भदौ १९ गते ।
आगामी मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए ।
०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका मुख्यमन्त्री राउत ९ हजार ८०४ मत ल्याएर विजयी भएका थिए ।