TodayPati

महोत्तरी २ ‘क’ बाट सांसद मञ्जु यादवको नाम सिफारिस

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि महोत्तरी क्षेत्र नम्बर २ को ‘क’ बाट नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु कुमारी यादवको नाम जिल्लाबाट पनि सिफारिस भएको छ । यस अघि समाजवादीको भंगहा नगर कमिटीबाट उनको नाम एक्कल सिफारिस भएको थियो ।

उक्त क्षेत्रबाट अहिले लोकतान्त्रि समाजवादी पार्टी (लोसपाका) सांसद जयनुल राइन निर्वाचित छन् भने मञ्जु समानुपातिक सांसद छिन् ।

Sponsored

गत भदौ १४ गते बसेको एकीकृत समाजवादीको महोत्तरी जिल्ला कमिटी बैठकले सो क्षेत्रबाट पहिलो नम्बरमा प्रत्यक्ष तर्फ सांसद यादवसहित तीनजनाको नाम सिफारिस गरेको हो । दोश्रो नम्बरमा विशेश्वर साफी र निर्मला देवी पासवानको नाम सिफारिस गरेको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *