TodayPati

बिहारमा एकैदिन चट्याङ लागेर १७ जनाको मृत्यु

एजेन्सी–
नयाँदिल्ली, भदौ १८ गते ।

भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ।

अल इण्डिया रेडियोका अनुसार गत २४ घण्टामा विहारको छवटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुँदा चट्याङबाट खेतमा काम गरिरहेका किसानको मृत्यु भएको हो।

Sponsored

राज्यको गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इण्डिया रेडियोले जनाएको छ।

गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो।

यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख भारु राहतस्वरूप उपलब्ध गराइने घोषणा गरेका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *