महोत्तरी ३ बाट चुनाव लड्न मधेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले दिए राजीनामा
टुडेपाटी–
जनकपुरधाम, भदौ १८ गते ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा लड्नका लागि मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री लालबाबू राउतलाई शनिवार आफ्नो राजीनामा पत्र बुझाएको उनले बताए ।
झा महोत्तरी क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टीबाट उम्मेदवार बन्न लागेका हुन् ।
यस क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।
Sponsored