TodayPati

नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपति समक्ष पठाइने

टुडेपाटी-
काठमाडौं, भदौ १८ गते ।

राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपति समक्ष पठाउने तयारी भएको छ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको हो ।

Sponsored

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।

यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । गएको भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधिसभाले विधेयक पास गरेर राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाले विधायन समितिमा पठाएको नागरिकता विधेयक त्यहाँबाट पनि हुबहु विधेयक पारित भयो ।

राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक फेरि बहुमतका साथ दुवै सदनबाट हुबहु पारित भएपछि अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *