सप्तरीको महादेवामा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश
शुभ नारायण यादव-
सप्तरी, भदौ १७ गते ।
सप्तरीको महादेवा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौ नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महादेवा गाउँपालिकाका पुर्व अध्यक्ष दिपक कुमार यादवको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी, लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
जसपा महादेवा गाउँपालिकाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेताकार्यकर्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले माला,टिका लगाएर पार्टी प्रवेश गराए ।
नेपाली काग्रेस परित्याग गरि महादेवा गाउँपालिका पुर्व अध्यक्ष यादव, माओवादी केन्द्र परित्याग गरि राजनारायण साह, तत्कालीन महादेवा गाउँपालिकाका अध्यक्ष दानालाल यादव, जगदीश मण्डलको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा परित्याग गरि ५ सय भन्दा बढी नेताकार्यकर्ता जसपामा प्रवेश गरेको जसपा सप्तरीका उप सचिव शम्भु कुमार यादवले जानकारी दिए ।
Sponsored