सिरहा ३ बाट प्रतिनिधिसभाका लागि सीता र सुभाषचन्द्रको नाम सिफारिस
टुडेपाटी-
सिरहा, भदौ १७ गते ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनकालागि नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ दुईजनाको नाम सिफारिस गरेको छ ।
सिरहा क्षेत्र न.३ को क्षेत्रिय कार्यसमितिको बैठकले निवर्तमान कोषाध्यक्ष सीता देवी यादव र युवा नेता डा.सुभाष चन्द्र यादवको नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिक तर्फ महासमिति सदस्य अमर रेग्मीको नाम सिफारिस गरेको हो ।
यस्तै सिरहा क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि क्षेत्रीय सभापति संजय प्रकाश यादव, गंगाराम यादव, नगर सभापति आशिष लाल यादवको नाम सिफारिस गरिएको हो ।
यस्तै समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरिया र महिला तर्फ बिना कुमारी यादवको नाम सर्वसहमले पारित भएको हो ।
Sponsored