TodayPati

गाली गर्नेलाई पक्राउ गरी मुद्दा चलाउने धरानका मेयर साम्पाङको चेतावनी

टुडेपाटी-

धरान, भदौ १६ गते ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।

Sponsored

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।

गालीगलौज गर्नेलाई पक्राउ गरी मानहानी र गाली बेइज्जतीको मुद्दा चलाइनेसमेत बताएका हुन् ।

‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ’, उनले लेखेका छन् , ‘ अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *