प्रत्यक्ष चुनाव नलड्ने कांग्रेस नेता निधीको संकेत
टुडेपाटी-
जनकपुरधाम, भदौ १५ गते ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव नलड्ने संकेत गरेका छन् ।
बुधबार जनकपुरधाममा आयोजित क्षेत्र स्तरीय कार्यक्रता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस्तो संकेत गरेका हुन् ।
पूर्व उपसभापति समेत रहेका निधिले आफू समानुपातिक सांसदको रुपमा समेत संसदमा प्रवेश गर्न सक्ने बताए ।
आफू अन्य क्षेत्रबाट चुनाव लडेर वा समानुपातिक सांसदका रुपमा सांसद हुन सक्ने भएकाले अनाथ नबुझन धनुषा निर्वाचन क्षेत्र नं. ३ का नेता कार्यक्रताहरुलाई निधिको आग्रह थियो ।
नेता निधिले हाल प्रदेश सांसद रहेका राम सरोज यादव सब पनि अनुभवी रहेकाले उनलाई प्रतिनिधीसभा सदस्यको अभिभारा लिन भनेको खुलाए ।
उनले आफूसंग नेता स्मृतिनारायण चौधरीले समेत प्रतिनिधि सभामा लडने इच्छा जाहेर गरेको खुलासा गरे । चुनाव नजिकिदै गरेकाले क्षेत्रबाट हुने सिफारिसहरुमा विलम्व नर्गन नेता कार्यकर्तालाई निर्देशन दिए ।
Sponsored
२०७४ को चुनावमा निधि लोसपाका बरिस्ठ नेता राजेन्द्र महतोसंग क्षेत्र नं. ३ मा पराजित भएका थिए । यसपटक पनि सो क्षेत्रबाट राजेन्द्र महतो लड्ने करिब करिब निश्चित जस्तै छ । यस्तै नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतो चुनाव लड्ने चर्चा छ ।