TodayPati

बटेश्वरमा सम्पन्न प्रदेश स्तरीय तीज नृत्य प्रतियोगिताको प्रथम उपाधि बिराटनगरले जित्यो

टुडेपाटी-
जनकपुरधाम, भदौ १४ गते ।

नेपाली महिलाहरुको महापर्व हरितालिका तीज तथा चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा आयोजित प्रदेश स्तरीय तीज नृत्य प्रतियोगिताको प्रथम उपाधी मोरङको बिराटनगर नृत्य टिमले जितेको छ । चारै राउन्डमा उत्कृष्ट रोमाञ्चक नृत्य प्रस्तुत गर्दै बिराटनगर टिमले प्रथम पुरस्कार ५० हजार नगर र सिल्ड जित्न सफल भएको हो । स्थानीय शिवशक्ति यूथ क्लवको आयोजनामा भएको सो प्रतियोगिताको दोस्रो पुरस्कार नगद २५ हजार नगद र सिल्ड सिरहाको भिजन टिमले जितेको छ । तेस्रो पुरस्कार नगद ५ हजार महोत्तरीको रंगदर्पण नृत्य निमले जितेको हो ।

चारै राउन्डमा दोस्रो भएको सिरहा भिजन टिमले जनचेतनामूलक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भावुक बनाएका थिए । तेस्रो भएका रंगदर्पण टीमले कलासंस्कृति झल्काउने तथा दाइजो प्रथा सम्बन्धि मार्मिक नृत्य प्रदर्शन गराए दरेशक झुमाएको थियो ।

Sponsored

सातवटा टिम सहभागी प्रतियोगितामा सिन्धुलीको भिमान नृत्य टिम चौथो स्थान हासिल गरेको छ ।

उत्कृष्ट स्थान हासिल गर्ने टिमहरुलाई कार्यक्रमका बरिस्ठ अतिथि समाजसेवी राजकुमार मण्डल, बटेश्वर गाउँपालिका प्रमुखका प्रत्यासी श्यामसुन्दर महतो, आयोजक क्लवका प्रमुख सल्लाहकार गणेश साह, स्थानीयनगरिक समाजका अगुवा दिलीप लामा, पदम लामा र रामपुकार महतोले पुरस्कार, शिल्ड तथा प्रमाणपत्र वितरण गरेका छन् ।

नृत्यको जजमेन्ट नेपाली चलचित्र क्षेत्रका कोरियो ग्राफर दिलीप ओखडाले गरेका थिए ।

Sponsored

एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यमा भएको नृत्य प्रतियोगितामा विशिष्ट अतिथिको रुपमा नेतृ तथा पूर्व मन्त्री जुली महतो, राजकुमार मण्डल लगायत थिए ।
कार्यम सञ्चालन रञ्जित लामाले गरेका थिए भने संयोजन क्लवका अध्यक्ष दिनेश साह, प्रतिनिधि मनद विक, अनिल लामा लगायतले गरेका थिए

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *