एसियाकपमा आज भारत र पाकिस्तान भिडदै
एजेन्सी–
काठमाडौँ, भदौ १२ गते ।
एसियाकप अन्तर्गत आज भारत र पाकिस्तान १० महिनापछि प्रतिस्पर्धा गर्दैछन्।
१० महिनापछि एसिया कपमा दुई देशबीच खेल हुन लाग्दा खेलको चर्चा विश्व क्रिकेटमा बहुप्रतिक्षित छ।
भारत र पाकिस्तानबीच आइसिसी इभेन्टबाहेक प्रतिस्पर्धा हुँदैन। राजनीतिक खिचातानीको असरले यी दुई देशले मैत्रीपूर्ण क्रिकेट खेल्दैनन्।
विश्वका सबै खेलाडीले खेल्ने इन्डियन प्रिमियर लिगमा समेत पाकिस्तानी खेलाडीलाई इन्ट्री छैन। जसले गर्दा भारत र पाकिस्तानबीच आइसिसी खेल हुन्छ, त्यो बहुप्रतीक्षित हुने गरेको छ।
भारत र पाकिस्तानबीच आइतबार युएईस्थित दुबई अन्तर्राष्ट्रिय मैदानमा साँझ ७ः४५ मा हुने छ। यसअघि यी दुई टिमबीच २४ अक्टोबर २०२१ मा टी–२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो।
Sponsored
उक्त खेलमा पाकिस्तानले पहिलो पटक विश्वकपमा भारतलाई पराजित गरेको थियो । पाकिस्तान सो खल १० विकेटले जितेका थिए ।
एसियाकपमा भने पाकिस्तानले भारतविरुद्ध २०१४ पछि कुनै पनि खेलमा जित निकालेको छैन। पाकिस्तानले २०१६ र २०१८ को एसियाकपमा भारतसँग पराजित भएको थियो।
एसिया कप यस पटक ट–२० फर्मेटमा हुँदैछ ।