TodayPati

१२ सेकेण्डमा ३७ सय किलो बारुदले भत्काइँदैछ भारतको ‘ट्वीन टावर’

टुडेपाटी-

नोएडा, भदौ १२ गते ।

भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइँदैछ । आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराइने छ ।

Sponsored

यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिने छ । अहिले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने बिहानदेखि भवन छेउछाउको क्षेत्रमा रहेका करिब ७ हजार व्यक्तिका घरलाई पनि खाली गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार करिब ३२ तले भवन  भत्काउनका काउनडाउन सुरु भएको छ ।  करिब १२ सेकेन्डमा ती भवनहरू पूर्ण रूपले भत्काइने बताइएको छ ।

उक्त क्षेत्रमा करिब ५ सय ६० प्रहरी, १०० रिजर्भ फोर्स र ४ क्विक रेस्पोन्स टिम एनडीआरएफ तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Sponsored

भारतको इतिहासमा सबैभन्दा ठूला भवन विस्फोट गराएर भत्काएको यो पहिलो घटना हुनेछ । उक्त दुई भवन भारतको ट्वीन टावरका रूपमा परिचित थिए । उक्त भवन अवैध रुपमा बनाइएको भन्दै सन् २०१२ मा इलाहावाद हाइकोर्टमा मुद्धा परेको थियो ।  त्यसपश्चात अदालतले सन् २०१४ मा यसलाई भत्काउन आदेश दिएको थियो । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *