TodayPati

मिटरब्याजमा ऋण दिने सप्तरीका २ जना जनप्रतिनिधिविरुद्ध प्रशासनमा उजुरी

टुडेपाटी-
सप्तरी, भदौ ११ गते ।

मिटरब्याजमा ऋण दिएको आरोपमा सप्तरीका जनप्रतिनिधिविरुद्ध उजुरी परेको छ । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादव र तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

प्रशासनका अनुसार ऋण लिएको पैसा तिर्दासमेत उनीहरूले जग्गा फिर्ता नगरेको आरोप छ । तर, दुवै जनाले मिटरब्याजमा ऋण दिएको अस्वीकार गरेका छन् ।

Sponsored

भदौ ५ सम्ममा सप्तरीमा सुदखोरविरुद्ध १ सय १४ वटा उजुरी परेका छन् । प्रशासनमा आएका सबै उजुरी सक्कलै जिल्ला प्रहरीमा पठाइएको छ । जिल्ला प्रहरी सप्तरीका एसपी अभिनारायण काफ्लेले प्रशासनबाट आएका निवेदनमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘प्रमाणबारे अनुसन्धान सुरु गरेका छौं ।’ उजुरी परे पनि अधिकांशमा कारबाही चलाउन पुग्ने प्रमाण नभएको प्रशासन स्रोतले जनाएको छ । अनुसन्धान पूरा भएपछि गृह मन्त्रालयमा समन्वय गरी कारबाही अघि बढाउने एसपी काफ्लेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *