TodayPati

अख्तियारले परेको निवेदनलाई पैसा कमाउने माध्यम बनायो : सभामुख यादव

टुडेपाटी–
जनकपुरधाम, भदौ १० गते ।

अख्तियारका पदाधिकारी र कर्मचारीले परेको निवेदनलाई पैसा कमाउने माध्यम बनाउने गरेको मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले आरोप लगाएका छन् ।

बर्दिवासमा आयोजना गरिएको संघीय शाषण प्रणाली सवलीकरण विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै सभामुख यादवले उक्त आरोप लगाएका हुन् ।

Sponsored

अख्तियारले कसरी पैसा कमाउने माध्यम बनाउँदारहेछन् भन्ने कुराको उदाहरण उनले आफ्नै नगरपालिकाको दिए ।

उनले आफ्नो नगरपालिका बाराको सिम्रौनगढमा प्रदेश सरकारले दुई बर्षअघि रु २ करोड विकासका निम्ति पठाएको र ती रकम कुनै कामै नगरी खर्च गरेको पाइएको उनले बताए ।

उनले भने, ‘उपभोक्ता समिति बनाएर कुनै कामै नगरिकन कर्मचारीले पैसा झिकिहाले । यस्तो गुनासो आएपछि संसदीय समिति बनाएर अनुगमन गर्‍यौं । त्यस क्रममा एक रुपैयाँको पनि काम भएको पाइएन् ।’

Sponsored

यसपछि पुरै टिम काठमाडौं गएर अख्तियारका प्रमुख आयुक्तलाई फोन गरेर समय माग्दा नदिएको सभामुख यादवले बताए ।

सभामुख यादवले प्रदेश सरकारलाई अधिकारबिहीन बनाएपछि सबैभन्दा बढी भ्रष्टाचार हुने देश नेपाल बनिसकेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *