मधेश प्रदेश सरकारले निहारिकालाई ५ लाख दिने
टुडेपाटी–
जनकपुरधाम, भदौ १० गते ।
मधेश प्रदेश सरकारले बलात्कार पीडित भनिएकी निहारिका सिंह राजपुतलाई ५ लाख दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मधेश सरकारको मन्त्रीपरिषद्को बैठकले राजपुतलाई ५ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा न्यायका लागि संघर्ष गरिरहेकी राजपुतलाई कानूनी लडाईका लागी कानूनी तथा आर्थिक सहयोग गर्नका लागी मुख्य न्यायाधिवक्ताको सिफारिसमा ५ लाख दिने निर्णय भएको जानकारी दिएका हुन् ।
उच्च अदालत जनकपुरले निहारिकाको छोरा र पीडक भनिएका शिवराज श्रेष्ठको डएनए परिक्षण गराउन केही दिन अघि आदेश दिएको हो ।
Sponsored