TodayPati

मधेसको आठै जिल्लामा कांग्रेसले निर्वाचनका लागि ६४ जना प्रदेश प्रतिनिधि खटायो

टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।

नेपाली कांग्रेस मधेस प्रदेशले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ । कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो ।

महामन्त्री वृहत् श्रेष्ठका अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उमेदवारको मुल्यांकन र संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ ।

Sponsored

‘प्रदेश सदस्यहरूलाई १० भदौभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ, ’ प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए , ‘प्रदेश प्रतिनिधि लाई वस्तुस्थिति बुझ्ने, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ ।’

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिनपछि सारेको हो । कांग्रेसले सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सर्लाही जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।

कांग्रेस कार्यालय मुख्यसचिवका अनुसार जिम्मेवारी दिइएका प्रतिनिधिलाई पत्रसमेत दिइएको छ । कांग्रेस मधेस प्रदेश प्रतिनिधिहरूलाई निर्वाचनलाई केन्द्रित गरी स्थलगत रुपमा खटाएको प्रदेश सभापति कृष्णप्रसाद यादवको हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *