TodayPati

जनकपुरधामको पिडारी चौक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिकरण गरेका ३१ जना विरुद्ध भ्रष्टाचार मुद्दा

टुडेपाटी–
काठमाडौँ, भदौ ९ गते ।

गुठीको जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा नामसारी गरेको अभियोगमा राजा महेन्द्रका ज्वाइँ कुमार खड्गबिक्रम शाहसहित ३१ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

धनुषा जिल्लाको पिँडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रुपमा व्यक्तिकरण गरेको भन्दै आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोतका कर्मचारीसहितलाई आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Sponsored

मुदा दायर भएकामध्ये शाह २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका थिए। उनी राजा महेन्द्रकी माहिली छोरी शारदाकी श्रीमान हुन्।

मन्दिरको नाममा रहेको ८ बिहागा १० गठ्ठा जग्गा व्यक्तिको नाममा ल्याउन त्यसबेला भूमिका खेल्ने र अहिले नामसारी गरेर उक्त जग्गा खरिद गर्नेहरुविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको हो।

मृत्यु भइसकेका शाहविरुद्ध भ्रष्टाचार मुद्दा नलाग्ने भए पनि उनको नाममा गएको जग्गा असुलउपर गर्न आयोगले विपक्षी बनाएको हो। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शाहले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरेको छ।

Sponsored

अख्तियारले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यलय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पंजियार, खरिदार जगदेव कामतीविरुद्ध मुद्दा दायर गरेको छ।

त्यस्तै हाल कित्ता नम्बर ५, ६, १३२, १३३, १३४ र १३५ नम्बर कित्ताबाट कित्ताकाट भएको जग्गा खरिद गर्ने अरु २७ जना विरुद्ध फिर्ता प्रयोजनका लागि विपक्षी बनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *