अन्तराष्ट्रिय बजारमा फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य
टुडेपाटी–
काठमााडौँ, भदौ ९ गते ।
कच्चा पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि बढ्न थालेको छ ।
पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने क्र्यूड ओयल डटकमले कच्चा तेलको मूल्य बढ्न थालेको जानकारी दिएको हो ।
१६ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, अहिले पुनः उकालो लागेर १०१ अमेरिकी डलर प्रति ब्यारेल भन्दा माथि पुगेको छ ।
यस्तै, १८ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य ९५ अमेरिकी डलर प्रति ब्यारेल रहेको थियो । यसका साथै, २३ अगस्टमा मूल्य प्रति ब्यारेल ९९ अमेरिकी डलर प्रति ब्यारेल थियो ।
Sponsored