TodayPati

जनकपुरधाममा मधेशका मुख्यमन्त्रीको पुत्ला दहन, डेढसय व्यक्ति पक्राउ

ट‍ुडेपाटी–
जनकपुरधाम, भदौ ९ ।

जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको हो ।

चुरे तथा वनजंगल संरक्षण अभियानीले मुख्यमन्त्रीको पुत्ला जलाउँदा १५० जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार ताला लगाउन जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

अभियानका प्रदेश संयोजक अमन यादवलगायत अभियानका १५० सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए।

यादवका अनुसार पक्राउ परेकाहरूमध्ये १५ जना पुरुष र बाँकी सबै महिलाहरू छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *