मधेशको प्रदेशसभा सदस्यमा दोश्रो पटक महेश यादव उम्मेदवारी दिने
शुभ नारायण यादव–
सप्तरी, भदौ ८ गते ।
आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरूलाई चुनावी चटारो बढेर गएको छ ।
२०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन् ।
अहिलेको तयारीमा कुनै फेरबदल नभएमा र गठबन्धन भएको स्थानमा इमान्दारितापूर्वक मतदान भएमा सत्ता गठबन्धनले धेरै स्थानमा सजिलै जित्ने अनुमान गरिएको छ । किनभने अघिल्लो चुनाव र स्थानीय तहको चुनावको मत परिणामसमेत हेर्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा स्वत नेकपा एमाले कमजोर हुन पुग्दछ ।
सोही सेरोफेरोमा महेश प्रसाद यादव सप्तरी क्षेत्र नं.२ (ख)बाट उम्मेदवार बन्ने यादवले निर्वाचनको मैदानमा उत्रने भएका छन् । यादव ०७४ सालमा तत्कालिन राष्टि«य जनता पार्टीका मनिस कुमार सुमनसँग पराजित भएका थिए । अहिले जनता समाजवादी पार्टीमा सुमन रहेका छन् ।
यसै क्रममा नेकपा (माओवादी केन्द्र) का युवा नेता यादवले समाजमा विकासको कयापलट ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्रबाट सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने पक्षमा रहेका छन् ।
Sponsored
यादव जिल्लामा जनताको हरेक दुःख,सुखमा सती सालको रुपमा खडा रहने खालका व्यक्तिको चिरपरिचित नाम रहेको छ ।