TodayPati

‘दुईजिब्रे’ उपेन्द्र यादव !

टुडेपाटी-
जनकपुरधाम, भदौ ८ गते ।

सोमबार अपराहन्नदेखि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामाको हल्ला जोडतोडले सुरु भयो । केही प्रतिष्ठित संचारमाध्यम अनलाइनमा श्रोतको हावाला दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबबु राउतलाई राजिनामा दिन निर्देशन दिएको समाचार प्रकाशित गर्यो । धमाधम समाचार प्रकाशित हुन थालेपछि समाजिका संजलाका भित्ताहरु समाचार र त्यसको टिप्पणीले छ्यापछ्याप्ती भए । यधपी यो विषयमा जसपाबाटै प्रदेशमा रहेका बहलाबाला मन्त्री तथा पार्टीका जिम्मेवार पदका धेरै नेताले अनभिज्ञता प्रकट गरे ।

यो विषयमा मुख्यमन्त्री राउत एन्टी पक्षले हल्ला चलाएको हुन सक्ने आकलन गरियो । समय ढल्दै जाँदा राति १० बजेसम्म कतिपय संचारमाध्यमले जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया राखेर आधिकारिक पुष्टिसहितको समाचार पनि प्रकाशन प्रशारण गरे । संचारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले ‘मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा दिन निर्देशन दिएको हुँ’ भन्ने स्वीकार गरे ।

Sponsored

उपेन्द्र यादवको अधिकारिक स्वीकारोक्तिले मुख्यमन्त्रीलाई राजिनामा दिन दिएको निर्देशन सही नै हो । गलत होइन भन्ने अन्योल तत्कालका लागि हट्यो । तर, मंगलबार एका बिहानै सरकारी एजेन्सी राष्ट्रिय समाचार समितिले आफ्ना ग्राहकहरुलाई पठाएको समाचारमा अध्यक्ष उपेन्द्र यादवले आफू मुख्यमन्त्रीलाई राजिना दिन निर्देशन नदिएको दावी गरे ।
रासससंगको कुरामा उपेन्द्र यादवले भनेका छन्, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन । हटाउने कुनै योजना पनि छैन ।”
जसपा अध्यक्ष यादवको एकाबिहानै यस्तो युटर्न प्रतिक्रियाले कुन खबर सही, कुन गलत भन्ने अन्योल सृजना भएको छ ।

राति राजिना दिन निर्देशन दिएको कुरा स्वीकार्नु र बिहान मुख्यमन्त्रीलाई पदबाट हटाउने कुनै योजना छैन, हल्लामा कुनै सत्यता छैन भन्ने जसपा अध्यक्ष यादवको प्रतिक्रियालाई लिएर आलोचनासहित विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले अध्यक्ष यादव दुई जिब्रे भएको टिप्पणी गरेका छन् । ‘ह्यावी वेट’ नेता यादवको बोलीमा ‘वेट’ नभएको चियोचर्चो सुरु भएको छ ।
यधपी मुख्यमन्त्री राउतलाई राजिनामा दिन निर्देशन दिएको कुरा भने सही रहेको जसपाका प्रवक्ता समेत रहेका प्रदेश सांसद मनिष सुमनले स्वीकार गरेका छन् । ‘अध्यक्षजीले मुख्यमन्त्री राउतलाई सल्लाह दिनुभयो राजिनामा दि दिनुस् । यो कुरा सोमबार मुख्यमन्त्री राउतलाई बेलाएर अध्यक्षजीले भन्नु भयो’ नेता सुमनले भने ।

यता मुख्यमन्त्री राउतले भने आफूले राजिनामा दिन अध्यक्ष यावदले निर्देशन दिएको हल्लामा कुनै सत्यता नरहेको दावी गरिरहेका छन् । उनले यो कुरा ओहियात रहेको प्रतिक्रिया दिँदै आफ्नो पदको बचावमा कस्सिएका छन् । तर प्रवक्ता सुमनले भने ‘अध्यक्षजीले मुख्यमन्त्रीलाई राजिनामा दिन निर्देशन दिनु भएको छ । पार्टीको सच्चा नेताकार्यकर्ताको हिसाबले पार्टी र अध्यक्षको निर्देशन मान्नु हुन्छ भन्ने मलाई विश्वास छ ।’

Sponsored

व्यतिथि, अलोकप्रियता लगायतको कारण मुख्यमन्त्री राउतलाई राजिनामा दिन पार्टीको दवाव छ ।
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ र मुख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार छताछुल्ल हुँदा मुख्यमन्त्री राउत बदनामा भएका छन् । चौतर्फी रुपमा जसपा नेतृत्वको प्रदेश सरकारको आलोचना हुँदा यसले अगामी चुनावाम पार्टीले क्षति व्यहोर्नुपर्ने आकलनसहित अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई राजिनामा दिन दबाब दिएका हुन् ।

श्रोतका अनुसार अध्यक्ष यादव बर्तमान अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई मुख्यमन्त्री बनाउने योजनामा छन् । तर, मुख्यमन्त्री पदको दावी वर्तमान भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय यादवले समेत दावी गरिरहेको श्रोतको दावी छ । यसले उपेन्द्र यादव तनावमा परेका हुन् ।
मुख्यमन्त्री राउतलाई राजिनामा दिलाउने विषयमा मंगलबार समेत अध्यक्ष यादवले मुख्यमन्त्री राउतसंग छलफल गरेको एक मन्त्रीले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *