एमालेको आग्रहमा एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित
टुडेपाटी-
काठमाडौं, भदौ ७ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) को आग्रहमा एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधिसभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।
एमालेको आग्रह अनुसार प्रतिनिधिसभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।
Sponsored