मधेश प्रदेशमा एक हजारभन्दा बढी मिटरब्याजी विरुद्ध उजुरी
टुडेपाटी–
काठमाडौं, भदौ ६ गते ।
गृहमन्त्रालयले मिटर ब्याजीविरुद्ध उजुरी दिन भनेपछि देशभरबाट १८ सय ३२ उजुरी परेको छ ।
सोमबारसम्म परेको उजुरी अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी उजुरी परेको हो ।
मधेशमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत भएको कार्यदलका संयोजक सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।
मधेशपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेका छन् ।
साहुले चर्को व्याजमा ऋण दिने र नतिरको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौंको माइतीघर मण्डलामा आएर पटकपटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
Sponsored