TodayPati

जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया

टुडेपाटी–
जनकपुरधाम, भदौ ६ गते । ।

जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ मुरली चोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो ।

Sponsored

पछिल्लो ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम–१० देवीचोककी ६० वर्षीया देबसुनर देवीको न्यूरो सर्जन डा. विजय कुमार राउत र उनको टिमले सफल शल्यक्रिया गर्न सफल भएको छ ।

ब्रेन ट्युमरको काठमाडौैं लगायतका स्थानमा उपचार गर्दा चार लाखसम्म खर्च लाग्ने भएपनि जनकपुर न्यूरो हस्पिटलले उनको शल्यक्रिया न्यून शुल्कमा गरेको अस्पतालका सञ्चालक समेत रहेका डाक्टर राउतले जानकारी दिए ।

डाक्टर राउतका अनसार देबसुनर देवीको मष्तिस्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भएको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *