TodayPati

निर्वाचन गराउन सरकारसँग आयोगले माग्यो १० अर्ब ९८ करोड

टुडेपाटी–
काठमाडौं, भदौ ५ गते ।

आगामी मंसिर ५ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि निर्वाचन आयोगले सरकारसँग झण्डै ११ अर्ब रुपैयाँ माग गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको जानकारी दिए ।

Sponsored

पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *