प्रदीप गिरिको निधनमा शोक मनाउन लहान नगरपालिकामा बिदा
टुडेपाटी–
काठमाडौँ, भदौ ५ गते ।
सिरहाको लहान नगरपालिकाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक बिदा दिएको छ।
मेयर महेश चौधरीले नेता गिरिका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए।
लहान–१० निवासी गिरिको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो।
नेता गिरिको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ।
समाजवादी चिन्तक गिरि २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
Sponsored