TodayPati

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन, महासचिवमा ७ नेताको दाबी

टुडेपाटी-
काठमाडौं, भदौ ३ गते ।

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

Sponsored

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।

Sponsored

नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए । आफूहरुले ‘जसलाई बनाए पनि बनाउनुस्’ भनेको भन्दै उनीहरुले भनेका थिए, ‘बाहिर किन यस्तो गयो ? जति ढिला भयो, त्यति हामीलाई विस्थापित गर्ने खतरा छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *