यस्तो छ चर्चित मेयर हर्क साम्पाङको सय दिने काम
टुडेपाटी–
सुनसरी, भदौ २ गते ।
नेपालकै चर्चित मेयरका रुपमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन् ।
बिहीबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले गरेको सय दिनको कामको विवरण सार्वजनिक गरेका हुन् ।
मेयर साम्पाङले सय दिनमा गरेका कामको विवरण माग्नेहरूको लागि लक्षित गर्दै उनले ‘१०० दिनमा के गरिस् तैँले ?’ भन्ने प्रश्न सोध्नेलाई ‘मेरो उत्तर’ भन्दै सो विवरण सार्वजनिक गरेका हुन् ।
यस्तो छ उनले सय दिनमा गरेका कामको १३ बुँदे विवरणः
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ
Sponsored
२. ४ ठाउँबाट खानेपानीको मुहान थपेँ
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपेँ
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९. लागुऔषधविरुद्धको अभियान सुरु गरेँ
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरेँ
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ