TodayPati

भारतका ५३ पत्रकारमा कोरोना संक्रमण पुष्टि, संख्या अझै बढ्ने

नयाँदिल्ली, वैशाख ८ गते ।

भारतमा कम्तीमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ ।

स्थानीय सञ्चारमाध्यम हफपोष्टले सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै यो सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । 

Sponsored

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेले हफपोस्टलाई बताए अनुसार १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । ‘परीक्षणका लागि पठाइएको १ सय ६७ पत्रकारहरुको नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको छ’, उहाँले भन्नुभयो, ‘यो संख्या अझै बढ्न सक्छ ।’

कोभिड १९ रिपोर्ट पोजिटिभ आएका ५३ जनामा समाचार च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् । एजेन्सी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *