संसदमा पेश गरेर नागरिकता विधेयक फेरि प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय
टुडेपाटी–
काठमाडौं, साउन ३१ गते ।
सत्ता गठबन्धन दलले नागरिकता विधेयक संसदमा पेश गरेर पुनः प्रमाणिकरणका लागि राष्ट्रिपति समक्ष पठाउने सहमति गरेको छ ।
आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ।
गत आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाएकी थिइन् ।